राजनीति

उम्मेदवारको घरमा बम विस्फोट



काठमाडौँ, १३ मंसिर । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।

नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट हुदा घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

उक्त बम विस्फोटबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएकाे छैन ।