बर्दिया, १३ मंसिर । चोरीका मोटरसाईकलसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले पक्राउ गरेको छ ।
चोरीको भे ९ प ३७४५ , भे ७ प ४७७३ र भे ९ प ९०९६ रातो कालो रङको तीन वटा १५० सीसीको पल्सर मोटरसाईकलसहित ३ जनालाई बर्दिया बढैयाताल गा.पा.वडा नं.८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक लोकेन्द्रबहादुर मल्लको टोलीले पक्राउ गरेको हो ।
बढैयाताल गा.पा.वडा नं.८ बस्ने बर्ष २९ को राम बहादुर नेपाली , बर्ष ३३ को दिनेश ढकाल र सोही ठाँउ बस्ने बर्ष ३३ का अशोक क्षेत्रीलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्