समाचार

माइक्रोबस दुर्घटना हुँदा तीनजनाको मृत्यु



दैलेख, १४ मंसिर । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा माइक्रोबस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु  र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्धार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।