काठमाडौँ, १४ मंसिर । प्यूठान नगरपालिका २ दाखाक्वाडी बडरपाटा (क) मतदान केन्द्रमा खटिने कर्मचारी सबै महिला छन् । मतदान अधिकृतदेखि सहयोगी र सुरक्षाकर्मीसम्म महिलाले चलाएका छन् । जिल्ला अदालत कार्यालय प्यूठानकी श्रेस्तेदार सीता रेग्मीको नेतृत्वमा १५ जना महिला कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।
जिल्लाका अन्य मतदान केन्द्रमा भने पुरुष कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन भएका छन् । नेतृत्वदायी भूमिकामा महिलालाई प्राथमिकतामा दिइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश विष्णुप्रसाद गौतमले बताए ।
मतदान केन्द्रमा सहायक मतदान अधिकृत जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत विष्णु ओली, सहायक कर्मचारी प्यूठान नगरपालिकामा कार्यरत मञ्जु धिताल, जिल्ला सम्वन्य समितिमा कार्यरत राधा गिरी र कार्यालय सहयोगीमा जिल्ला अदालत कार्यालकी गंगा भण्डारी खटिएका छन् । याे खबर अन्नपूर्ण पाेस्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्