समाचार

देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै



काठमाडौँ, १४ मंसिर । काठमाडौँ लगायत देशभरिकै तापक्रम क्रमिक रुपमा घट्ने भएकाले चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने तथा तराईमा शीतलहर पनि सुरु हुनसक्ने भएकाले सावधानीको लागि पूर्व तयारी गर्न दिएको छ ।

आज बिहानको काठमाडौँको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार, आइतबार र साेमबार देशको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 सामान्यतया मंसिर १५ पछि बिहान हुस्सु र कुहिरो लाग्ने क्रम बढ्ने भएकाले तापक्रम घटाएर चिसो बढाउँछ । यस्तै तराईमा लगातार घाम नलाग्दा शीतलहर पनि सुरु हुन्छ ।