काठमाडौँ, १४ मंसिर । आज भएको तीनै तहको उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विजयीको खाता खोल्न शुरु गरेको छ ।
यसै क्रममा कञ्चनपुरको पुनर्वास नपा वडा न ३ मा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ खसेको मतको ५० प्रतिशत भन्दा माथि मत ल्याइ बिजयी हुनु भएको छ । उहाले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार दीपबहादुर तामाङलाई पराजित गर्नुभएको हो । त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्