समाचार

ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु



अर्घाखाँची, १६ मंसिर । ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा एक बालकको मृत्यु भएको छ ।

सन्धिखर्कबाट रतले तर्फ जादै गरेको लु ३ त १८१८ नम्बरको ट्याक्टरले शनिबार साँझ रतलेमा ठक्कर दीदा सन्धिखर्क ६ नरपानी जगतका ७ बर्षिय गोकुल थापाको मृत्यु भएको हो ।

ठक्कर दिएपछी गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चौराहा अस्पताल प्राली बुटवलमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनिसँगै रहेका भुमिकास्थान नगरपालीका ६ खिल्जीका ८ वर्षीय अनुराग जिसी गम्भीर घाइते भएका छन् ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।