बुटवल, १८ मंसिर । पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय रहजरका अनुसार आज दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी हुदा दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको छ ।
आगो कावासोतीको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ३० लाख बढी क्षति भएको अनुमान गरे प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्