समाचार

इन्टरनेट चलाउने डाटा उपहारस्वरुप दिन सकिने



काठमाडौं, १९  मंसिर । नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारको सुविधा ल्याएको छ ।

टेलिकमका अनुसार उक्त सुविधा प्राप्त गर्नका लागी एप डाउनलोड गर्नुपर्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ ।

एपमा मागेबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत आफन्त वा साथिभाईलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिने टेलिकमले जनाएको छ ।

इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहेमा गिफ्ट प्याकेजमा क्लिक गर्नुपर्दछ । त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० मा ७ दिनको १९० एमबी र १०० रुपैयाँको ५०० एमबी तथा २४० रुपैयाँको २८ दिन चलाउन सकिने १५ सय एमबी डाटा गिफ्ट गर्न सकिन्छ ।

 यसैगरी, सोही एपको गिफ्ट प्याकेजमा भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्नसक्ने एकदिने प्याकेज उपहार दिन सकिन्छ ।