समाचार

मुस्ताङमा भारतीय पर्यटकको मृत्यु



काठमाडौं, १९ मंसिर । मुस्ताङको घरपझोङ ३ जोमसोममा एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार होटल होलिडे होममा भारतको छत्तिसगढ राइपुरका ६१ वर्षीय सरालु नाडुको हाइ अल्टिच्युडका कारण मृत्यु भएको हो ।

यस्तै, मनाङको तिलिचो ताल क्षेत्रबाट ३३ जना पर्यटकको उद्धार गरिएको छ ।