काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि आज पूर्णरुपमा स्वास्थ्यलाभ गरेर अस्पतालबाट डिस्चार्ज भएका छन ।
आज प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गरिएको हो । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने बताइएको छ ।
मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई टिचिङ्गस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमै आराम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्