काठमाडौँ, २० मंसिर । चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडानको अनुमति दिएको छ ।
नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनका अनुसार सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको हो ।
अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार-प्रसारका लागि आवश्यक समय राखेर निकट भविष्यमा उडानको मिति तय गर्ने तयारीमा छ । निगमसँग अहिले ४ वटा जहाज छन् । ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्