काठमाडौँ, २१ मंसिर । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
निजगढ विमानस्थल बनाउँदा लाखौँ रुख काटिने र यसले वन्यजन्तुलाई समेत असर गर्ने भन्दै सर्वोच्चमा दायर भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले तत्कालका लागि विमानस्थल बनाउने काम यथास्थितिमै राख्न आदेश दिएको हो ।
आदेशमा रिटका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई छलफलका लागि मंसिर २९ गते बोलाइएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्