मुगु, २१ मंसिर । नेपाल टेलिकमले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा फोरजी सेवा सुरु गरेको हो ।
नेपाल टेलिकमका बरिष्ठ ईन्जिनियर प्रेमबहादुर क्षेत्रीका अनुसार बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो । रारासँगै अब जुम्ला, मुगु र कालिकोटमा पनि फोरजी संचालन गर्ने तयारी थालिएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको छ । यो सेवा सुरु भएसँगै पर्यटकलाई संचारका लागि सहज हुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्