समाचार

जिपको ठक्करबाट वृद्धको मृत्यु



झापा, २१  मंसिर, । झापामा जिपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार मेचीनगर नगरपालिका–१२ र बुद्धशान्ति गाउँपालिका-३ को सिमानामा पर्ने धाइजन चोकमा पैदल हिडीरहेका प्रदेश १, ०१-००१ ज ३४०० नम्बरको जिपले ठक्कर दिएको र जिपले ठक्कर दिएपछि पुनः मे १ ज ३१९६ नम्बरको गाडीले समेत ठक्कर दिदा झापाकै बुद्ध शान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा वि एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको हो । दुबै सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।