काठमाडौँ, २१ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन् ।
कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन् । ‘चाडै पार्टीको सबै सांगठानिक संरचनाले पूर्णता पाउँछन्,’ काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने,‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ , अब चाँडै गठन हुन्छन् ।’
नेताहरुबीच पटकपटक छलफल भए पनि भागबण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामोसमयदेखि सहमतिको प्रयास गरेपनि कुरा मिलेको छैन । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।










प्रतिक्रिया दिनुहोस्