झापा, २१ मंसिर । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको बस दुर्घटना भएको छ ।
झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस दुर्घटनमा परी १३ जना घाइते भएका छन् ।दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्