काठमाडौँ, २२ मंसिर । काठमाडौँ उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ ।
विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरुले रजिस्टरमा हाजिर गर्ने गरेका छन् । ती अधिकृतहरुको मनोमानीका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् ।
ती अधिकृतहरू दैनिक कार्यालय त जाँदैनन् नै, गएका दिन पनि ढिलो गरी पुग्ने र समय सकिनुअगावै निस्कने प्रवृत्तिका कारण सेवाग्राही मात्र होइन, मातहतका कर्मचारीले समेत हैरानी बेहोर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्