समाचार

टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु



पाल्पा, २३ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

निस्दी गाउँपालिका-३ धार्केसिङ्गमा प्रदेश न.३०-१-००-३ क ४४५६ न. को टिपर स्टेरिङ फेल भएर सो दुर्घटना हुँदा सहचालक जाजरकोट साविक खालारहिका गाविस ८ का २३ वर्षका टेकबहादुर बुढा मगरको मृत्यु भएको छ ।

टिपर चालक सुर्खेत शिवालय गाउँपालिकाका ३८ वर्षका दिलबहादुर थापा घाइते भएका छन् । उनको  लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । टिपर सडकदेखि १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।