काठमाडौँ, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आज रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
उक्त परिमाणको ट्रेजरी बिल केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागेको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।










प्रतिक्रिया दिनुहोस्