काठमाडौँ, २५ मंसिर । गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उपनिर्वाचनको विषयमा छलफल गर्न मंसिर २६ गते दिउँसो १ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षासँगै पार्टीका अन्य विषयमा छलफल हुनेछ ।
उपनिर्वाचनजमा कांग्रेसले मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा कांग्रेसले प्रदेशसभाको एक सिट, उपमहानगरपालिकाको प्रमुख पद एक र ११ स्थानमा वडाअध्यक्षमा जितेको थियो ।










प्रतिक्रिया दिनुहोस्