समाचार

हिमालय एयलाइन्सको मलेसिया उडान पुन: सुरु



काठमाडौँ, २६ मंसिर । हिमालय एयरलायन्सले काठमाडौँबाट मलेसियाको क्वालालम्पुर सिधा उडान सुरु गरेको छ ।

सन् २०१७ देखि पहिलोपटक उडान सुरु गरेको एयरलाइन्सले मलेसिया रोजगारी बन्द भएसँगै सन् २०१८ देखि उडान बन्द गरेको थियो ।

हिमालयको यो उडान हप्तामा २ हुनेछ । जसमा काठमाडौँबाट राति ९ :२० मा उडान हुने छ । सातामा सोमबार र बिहीबार काठमाडौँबाट उडान हुने छ ।