एजेन्सी, २८ मंसिर । भारतको लोकसभा र राज्यसभाबाट पारित नागरिक संशोधन विधेयकको विरोधमा महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक पदमा कार्यरत अब्दुर रहमानले राजीनामा दिने घोषणा गरेका छन् ।
महानिरीक्षक रहमानले बिहीबारदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटमा उल्लेख गरेका छन् । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्