राजनीति

विस्फोटमा संलग्न अपराधीलाई कारवाही हुन्छ : मन्त्री थापा



काठमाडौँ, २८ मंसिर । गृह मन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कडा कारबाही गर्ने बताउनुभएको छ ।

घटनामा परि एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको घटना आततायी भएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत त्यस घटनाले आफू स्तब्ध भएको जनाउनुभएको छ ।

फेसबुकमार्फत उहाँले भन्नुभएको छ, ‘यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’