Banner News

नेकपाको स्थायी कमिटी बैठक भोली पनि बस्दैः सदस्यहरुले धारणा राख्ने क्रम जारी



काठमाडौ,३० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी बैठकको दोस्रो दिन सोमबार १४ सदस्यहरुले आफ्ना धारणा राखेसंगै बैठक लम्विने भएको छ ।आइतबारबाट सुरु भएको बैठकको दोस्रो दिन सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि टिप्पणीसहित आफ्नो धारणा राखेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार सोमबार दुवै प्रतिवेदनमाथि भएको छलफलमा वामदेव गौतम, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाह, देवेन्द्र पौडेल, पम्फा भुसाल, देव गुरुङ लगायतले टिप्पणी गरेका छन् ।
सदस्यहरुले बोल्ने क्रम नसकिएका कारण मंगलबार बस्ने गरी बैठक स्थगित भएको छ ।
एक सदस्यले जानकारी गराए अनुसार छलफलमा भाग लिएका अधिकांश सदस्यले दुवै प्रतिवेदनमाथि आलोचनात्मक समर्थन गरेका छन् ।