एजेन्सी, मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ ।
‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ । अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै नगरेका व्यक्तिको बारेमा रहेको छ । त्यसमा उनीहरूको मस्तिष्क विकासको सुरुदेखि अन्तिमसम्मको अवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।
त्यसैगरी अर्को अध्ययनमा नियमित रुपमा योगा गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा ती व्यक्तिहरूको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो ।
नियमित योग गर्नाले दिमागको सक्रियतालाई व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको अध्ययनले बताएको छ । योगले मानिसको तनाव व्यवस्थापन तथा न्युनिकरण गर्न सहयोग पु¥याउने अध्ययनबाट देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्