समाचार

आजको मौसम तथा तापक्रम



काठमाडौँ, १ पौष । आज विहान लागेको हुस्सु र कुहिरो तथा बादल दिउँसो भने हट्ने मौसम विदले जनाएका छन् ।

स्थानीय वायुका कारण काठमाडौँ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा बदली र कुहिरो लागेको छ । यस्तै तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो लागेको छ । यस्तै राति भने देशभरको मौसम सफा हुने जनाइएको छ ।

काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएकोमा दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्ने सम्भावना छ ।
मंगलबार दिनभर देशको पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।