समाचार

पेस्तोलसहित तीन जना पक्राउ



रौतहट, २ पौष । प्रहरीले २ राउण्ड गोली र १ थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् ।