Banner News

सर्वोच्चलाई प्रम ओलीको जवाफ : भारतले मिचेको भूमि फर्काउँछौं, आदेश आवश्यक पर्दैन (जवाफसहित)



काठमाडौँ, ३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले काली (महाकाली) नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको जवाफ सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल भइरहेकाले अदालतबाट यसबारेमा कुनै आदेश दिइरहनु नपर्ने उल्लेख गर्नुभएको छ ।

नेपाली भूमि लिम्पियाधुरासहितको ठूलो भूभागको अंश नेपालको नक्सामा नसमेटिएको भन्दै उक्त नक्सा बदर गर्न मागसहित परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट यस्तो जवाफ पठाइएको हो । रिटमा हालको नक्सा बदर गरी देशको पश्चिमतर्फको सिमाना लिम्पियाधुरालाई पनि समावेश गरिएको नक्सा बनाउन माग गरिएको थियो। त्यसपछि यस रिटमा सर्वोच्चले प्रधानमन्त्रीसँग लिखित जवाफ मागेको थियो ।