समाचार

घुस मागेको आरोपमा प्रहरी जवान पक्राउ



बारा, ३ पौष । सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा बारामा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइएको टोलीले उनलाई कलैया उपमहानगरपालिका-३ बाट नियन्त्रणमा लिएको हो ।

यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।