काठमाडौँ, ५ पौष । तीन बालबालिकालाई अपहरण गरी फिरौती माग्ने दुई अपरहणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिला काम विशेषले पोखरा जाँदा आफ्ना ३ बालबालिकालाई सामाखुसीमा रहेको आफन्तको कोठामा छाडेर गएकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ३० गते कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले तिमिहरूलाई होटलमा लगी राख्नू भनेको छ’ भन्दै लगेका थिए ।
सिजापतिले बिहान विद्यालय जान लागेका बच्चाहरूलाई काठमाडौँको टोखा नगरपालिका ९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएका राखेका थिए । उनले मंगलबार बालककी आमालाई वच्चाहरूकै नम्बरबाट पोखरा फोन गरी ३ लाख रुपैयाँ फिरौती माग गरेका थिए ।
पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अपहरण परेका बालबालिको नाम र उमेर सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार सिजापतिको खोजी जारी छ ।










प्रतिक्रिया दिनुहोस्