समाचार

ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु



उदयपुर, ५ पौष । त्रियुगा नगरपालिका–१३ बरुवा बसपार्क नजिकै ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ बसपार्क नजिकको बरुवा खोला जाने बाटोमा स १ त ६८०० नम्बरको ट्रयाक्टरले किच्दा त्रियुगा–६ जलजलेका अलि मियाँको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उक्त घटनाको अनुसन्धानका लागि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।