समाचार

आजको मौसम



काठमाडौँ, ५ पौष । काठमाडौँ लगायत देशभर चिसो बढेसगै कर्णाली र सुदूरपश्चिममा शनिबार पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव र न्युनचापीय प्रणालीका कारण कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा दिउँसोतिर हल्का पानी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ ।

तराईमा दिउँसोदेखि मौसम सफा रहने साथै तराईमा पश्चिमी वायुको प्रभाव घट्दै गएकाले शीतलहर पनि कम हुँदै गएको महाशाखाले जनाएको छ ।