समाचार

हुम्लामा हिमपात, हवाई सेवा प्रभावित



हुम्ला, ५ पुस । हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ ।

शुक्रबार दिनभरि बादल लागे पनि शनिबार बिहानबाट हिमपात शुरु भएको हाे । यस अघिकै हिँउ नपग्लेको अवस्थामा फेरि हिँउ पर्न शुरु भएको छ ।

हिमपात भइरहँदा चिसो अत्याधिक बढेको छ । हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हवाई सेवा समेत प्रभावित बनेको छ ।