समाचार

लुकाइराखेकाे एक थान ‘एसएलआर’सहित नौ हजार गोली फेला



सुनसरी, ७  पौष । सुनसरीको बराहक्षेत्रमा एक थान एसएलआर राइफलसहित ठूलो मात्रामा गोली फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौ हजार थान गोली फेला हो । बरामद गरिएको हतियारबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोख्रेलले बताउनु भयो ।

ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरिएपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।