विश्व

जनवरीमा युरोपियन युनियनबाट बेलायत बाहिरिने



एजेन्सी, ७ पौष । बेलायत आउँदो जनवरी ३१ मा युरोपियन युनियनबाट बाहिरिने भएको छ ।

संसदमा प्रधानमन्त्री बोरिस जोन्सनले ल्याएको प्रस्ताव पारित भएसँगै बेलायत इयूबाट बाहिरिने मार्ग प्रसस्त भएको हो ।

जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिए । त्यसको विपक्षमा २३४ सांसदको मत परेको हो, अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो । यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ ।

बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताएका छन् । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।