अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ पौष । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ३ सय रुपैयाले बढेर  छापावाला सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि ५ रुपैयाले बढेर  प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेकोे महासंघले जनाएको छ ।