तेज बहादुर ढकाल, सान्या, डिसेम्बर २३, २०१९
सानों छंदा मामाले औधि रोचक कथा र कहानीहरू भन्नुहुन्थ्यो । त्यस मध्ये एउटा कथा आज अचानक याद आयो । एउटा मान्छे केटी माग्न गएछ रे । राति खानपिन संके पछि सुत्नु अघि केटीको बाऊले केटाको गाउ घर, जात थर र कुलघरानाका बारेमा जिज्ञाशा राखेछन् ।
केटाले हत्त न पत्त भनेछ रे की सिमल गारी भित्तो र तारा मण्डलु छाना छ । पानी लिन जॉंदा बाजा बजाऊछौं । बिहानको भाड़ा पनि माझ्नु पर्दैन बेलुकाको भाडा नी माझ्नु पर्दैन । ल राम्रो ख़ानदानी रैछ भनी छोरी दिएछन् रे । तर उसको त सिंमालीले बारेको र मान्द्रो ले छाएको झुपडी पो रहेछ रे । बॉंसको ढुंग्रामा पानी बोक्दा रैछन रे । भाडाकुडा नभएर दुना टपरीमा खाने र खानासाथ फाल्ने गर्दा रैछन रे । छोरी ले सारो दुख पाएर बीचमै फिर्ता ल्याएछन् रे । र त्यस्तो हुलिया बताउनेलाई कसैले पनि केटी दिन छाडेछन् रे । तर आज कथाले भनेजस्तै ठाऊमा पुगियो जहाँ सिमल गारी भित्तो अनि तारा मण्डलु छाना छ ।
बिहान बेलुकीको खाना पकाऊनु नी पर्दैन अनी खाएको भाडा माझ्नु नी पर्दैन । यो सान्या शहरको पाच तारे होटल हो । यसरी वरिपरी कथामा भनेजस्तै सासाना भिल्ला वा झुपडि हरू बनाईएको रहेछ । मान्छे हरू एकै रातको बीसौं हजार तिरेर अग्रिम बुकिंग गरि बस्न आउदा रहेछन् । हामीले नी हाम्रा हिमालका काखका सुन्दर झुपडीहरूलाई व्यवस्थित गरी दीगो ग्रामीण पर्यटन विकास गर्न सक्ने रहेछौं । सोच बदलिए मात्र देश बदलिन्छ । सन्सार फेरी पुरानै जीवनशैलीमा रमाउन थालेको छ । केटी नै नपाउने कुरा पनि हराईसक्यो । हामीले अरूलाई पछ्याऊनु भन्दा त आफ्नो मौलिकता र सम्पदाको संरक्षण गरी केवल चौतरीमा कुरीबसे पुग्छ ।
प्रतिक्रिया दिनुहोस्