राजनीति

प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि हो : मुख्यमन्त्री पौडेल



काठमाडौँ, ८ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको  बताएका छन ।

प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेको फलफूल तथा तरकारीको अत्याधुनिक थोक बजारको विस्तृत अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा बोल्दै  मुख्यमन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएको बताए ।

देशको कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यवस्थित थोक बजार स्थापना गर्न लागिएको जानकारी दिए । करीब ४३ करोड लगानीमा निर्माण गरिने थोक बजारमा हेटौँडा उपमहानगरपालिकाले ३० प्रतिशतसम्म लगानी गर्ने भएको छ ।