ओखलढुंगा, ८ पौष । जिल्लाको सिद्धिचरण नगरपालिका- ५ बिप्लाटेमा सुतेको स्थानमा एक व्यक्ति मृत फेला परेका छन् ।
काठमाडौँको पेप्सीकोला स्थाई ठेगाना भएका अन्दाजी ४५ वर्षीय बिष्णु खत्रीको सुतेकै स्थानमा ज्यान गएको हो । कुखुराको अण्डा सप्लाई गर्दै आएका खत्रीको मादक पदार्थ सेवन तथा चिसोका कारण ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सोमबार साँझ सोलुखुम्बुबाट कुखुराको अण्डा ब्यापार गरेर काठमाण्डौँ फर्कने क्रममा ओखलढुंगाको बिप्लाटे स्थित तोरण किराना पसलमा बास बसेका खत्री मंगलबार बिहान मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्