गुल्मी, ९ पौष । गुल्मीमा एकजना वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर-७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका-८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् । भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए ।
भण्डारीको हत्यामा घर्ती संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।
गोठमा दुवै जनाबीच आपसी विवाद हुने क्रममा घर्तीले ढुंगा प्रहार गरी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका घर्तीलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।
प्रतिक्रिया दिनुहोस्