समाचार

आजको राशिफल



आज २०७६ साल पुस ९ गते बुधवार चतुर्दशी क्रिसमस (डे ९ इसाई धर्मावलम्वीलाइ मात्र)

मेष (चुचेचोलालिलुलेलोअ)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।

वृष (इवाविवुवेवो)
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रा पनि हुनसक्छ ।

मिथुन (काकिकुकेकोहा)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

वाहान सुखपनि मिल्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भौतिक साधन जुटाउने समय छ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

कन्या (टोपापिपुपेपो)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।

तुला (रारिरुरेरोतातितुते)
धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रापनि हुनसक्छ ।

धनु येयोभाभिभुधाफाढाभे)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैँ–झमेलाको अवस्थापनि आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभपनि हुनेछ ।

मीन (दिदुदेदोचाचि)

शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

साभारः हाम्रो पात्रोबाट