एजेन्सी, ९ पौष । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ ।
नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
एउटा कारखानामा मध्यरातमै आगलागी भएको र अर्को कारखानामा बिहान सबेरै भएको उनीहरुले जनाएका छन् । यो समाचार प्रकाशित हुदाँसम्म आगलागीमा परी सर्वनागरिकको मृत्यु भएको विवरण नआएको अधिकारीहरुले बताएका छन् । तर आगलागी नियन्त्रण गर्न खटिएकामध्ये तीन अग्नि नियन्त्रकहरु भने घाइते भएका समाचारमा जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्