समाचार

देशभर चिसो बढ्यो : काठमाडौँ उपत्यकामा यो वर्षकै उच्च



काठमाडौँ, ९ पौष । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ। बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।