राजनीति

मन्त्रिपरिषद् बैठकद्वारा आईजीपी खनालको चीन भ्रमण अस्वीकृत



काठमाडौँ, १० पौष । मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्तावलाई अस्विकृत गरेको हो ।

गृहमन्त्री थापा चीनका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्।