समाचार

पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने



कञ्चनपुर, ११ पौष । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ ।

भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा बजार परिक्रममा गराउने भएको हो । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले  भने, “नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवद्र्धनसँग मात्र नभएर देशको मानसम्मानसित जोडिएको छ । यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौँ”, “भीमदत्तमा प्रमुख जिल्ला अधिकारीसहितको कार्यालय बैठकले उद्घाटनको दिन नाकाबाट आउने पहिलो पर्यटकलाई सम्मान गर्ने, बजार परिक्रमा गराउने निर्णय गरिएको छ । त्यो दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ ।”