राजनीति

टोखा–छहरे सुरुङमार्गः काठमाडौँदेखि चीनको सीमा जोड्ने सबैभन्दा छोटो दूरी



काठमाडौँ, १२ पौष । बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौँ आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ ।

गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौँ उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सीमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो ।

त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौँको उत्तरी भेग टोखा पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।