समाचार

तीन चक्के स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु



पाँचथर, १२ पौष । फिदिम बुद्धमार्गबाट साम्दिनतर्फ जाने क्रममा तीन चक्के स्कुटर आफैं अनियन्त्रित पल्टिदा फिदिम नगरपालिका–२ की ४३ वर्षीया विष्णु लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साढे ८ बजे अपांगता भएकी लिम्बुको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।