Banner News

विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाए : प्रधानमन्त्री ओली



काठमाडौँ, १२ पौष । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारबारे विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  बोल्दै सरकार र पार्टीबारे विपक्षी दल काँग्रेससहित विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको बताएका हुन् ।

उनले भने, ‘विभिन्न समाजिक सन्जालमा लगानी गरेर, अनेक ढंगबाट भ्रम फैलाउने काम भइरहेको छ । सरकारका हरेक काममा हमला गर्ने काम भएको ‘अनैतिक ढंगबाट विरोध गर्ने काम भएको छ ।’

चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताउदै उनले भने, ‘विगतका सरकारले विभिन्न निर्णय गरेको छ, तर दोष यही सरकारलाइ लगाएको छ, ‘पानीमा जहाज चल्छ भने विपक्षीलाई थाह छैन सायद । कागजको डुंगा बनाएर बाल्टीमा चलाएर मजाक उडाइयो । तर अहिले युवाहरू पानीमा जहाज चलाएका छन् ।’