राजनीति

सूचना प्रविधिसम्बन्धी विधेयक विकास समितिबाट पारित



काठमाडौँ, १३ पौष । नेपाली कांग्रेसका सांसदको विरोधका बाबजुद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो ।

नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, संविधानको मर्म र भावना विपरीत विधेयक पारित गर्न खोजेको भन्दै काङ्ग्रेस सांसद बहादुर सिंह लामाले फरक मतको पत्र सभापति कल्याणी खड्कालाई बुझाएका थिए ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।

यो प्रावधानमा कांग्रेसले असहमति राखेको छ । समिति बैठकबाट पारित भएपछि यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ ।